नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै हो: कानूनमन्त्री गाहामगर

मुस्ताङ | चैत २५, २०७९

नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै हो: कानूनमन्त्री गाहामगर

पोखरा:  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री  एवम् प्रदेश सरकारका प्रवक्ता तथा रोशन बहादुर गाहा थापाले आम नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै रहेको बताउनुभएको छ ।

 

मुस्ताङमा आयोजित नागरिकमैत्री प्रहरी कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गाहामगरले नागरिक र प्रहरीबीच हरेक क्षेत्रमा सहकार्य हुने भएकाले नङ र मासु जस्तै सम्बन्ध रहेको बताउनुभएको हो । 

 

उहाँले आपराधिक क्रियाकलाप रोक्नका लागि नागरिकको महत्वपूर्ण भूमिका रहने बताउनुहुँदै प्रहरीसँगको सम्बन्ध घनिष्ठ रहेको उल्लेख गर्नुभयो । ‘सचेतना र अन्तरक्रिया कार्यक्रमले नागरिक र प्रहरीबीचको सम्बन्धलाई सामिप्यता कायम गर्न सहयोग गर्छ, मन्त्री गाहामगरले भन्नुभयो, ‘नागरिक सचेत भएर समयमै सुचना दियो भने संभावित घटना रोकिन सक्छ । त्यसैले नागरिक र प्रहरीको सम्बन्ध नङ र मासु जस्तै छ ।’

 

मन्त्री गाहामगरले नेपाल प्रहरीले अघि सारेका कार्यक्रमहरु मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, समुदाय प्रहरी साझेदारी कार्यक्रमको पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।  ‘नागरिकका लागि ल्याउनुभएको यी कार्यक्रमहरु अत्यन्तै राम्रा र उपयोगी छन् तर यी कार्यक्रमहरुको कार्यान्वयन हुन अति आवश्यक छ’ उहाँले भन्नुभयो ।

 

मन्त्री गाहामगरले समाजमा शान्ति, सुरक्षा तथा अमनचयन कायम गराउनका लागि प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहने बताउनुभयो । 

 

उहाँले पछिल्लो समय प्रहरीको कार्यशैली र व्यवहारमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्नुहुदै आम जनताले प्रहरीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनुभयो । मन्त्री गाहामगरले अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्न र समस्यालाई व्यवस्थित तरिकाले सम्बोधन गर्न पहल गर्ने बताउनुभएको थियो । 

 

यस्तै जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङले नेपाल प्रहरीसँग मुस्ताङबासी सहकार्य गर्दै अघि बढेको बताउनुभयो । उहाँले भौगोलिक अवस्थाका कारण मुस्ताङमा सुरक्षाकर्मीहरुलाई काम गर्न कठिन रहेको उल्लेख गर्नुभयो ।

 

उहाँले अन्य जिल्लाका प्रहरीहरुलाई भन्दा तुलनात्मक रुपमा सेवामा वृद्धि गर्न अपरिहार्य रहेको बताउनुभएको थियो । 

 

सो नागरिकमैत्री प्रहरी कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रममा स्थानीयहरुले मुस्ताङमा रहेको विभिन्न क्षेत्रको समस्याबारे जानकारी गराएका थिए । 

 

उक्त समस्याहरुलाई स्थानीयहरुकै सहकार्यमा समाधान गर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो । उहाँले स्थानीय स्तरबाट उठेका प्रश्न र गुनासोहरुलाई सम्बोधन गर्न तदारुपताकासाथ लाग्ने बताउनुभएको थियो ।

 

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, घरपझोङ गाउँपालिकाका प्रमुख मोहन सिं लालचन लगायतले बोलेका थिए ।

 

आन्तरिक मामिला तथा कानूनमन्त्रालयका सचिव बद्रीनाथ अधिकारीको सभापतित्वमा सम्पन्न नागरिकमैत्री प्रहरी कार्यक्रमको सञ्चालन मन्त्रालयका उपसचिव चण्डिका पौडेलले गर्नुभएको थियो ।

 

 

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्